२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्यविधिको धज्जी उडाउँदै गृह मन्त्रालय: बाटोबाटै फेरिए गोरखाका सिडिओ

गृह मन्त्रालय आफैँले निर्माण गरेको कार्यविधि अनुसार माघ ६ गते गोरखा सहित बिभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा ग¥यो। गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलवस्तु सरुवा गरेर यहाँ  सिराहामा रहेका लालबाबु कवारीलाई प्रमुख जिल्ला अधिकारी तोकियो। 

सरुवा भएका प्रजिअ आचार्य कपिलवस्तु पुगेर बिहीबारदेखि काम थालिसके भने गोरखा तोकिएको प्रजिअलाई गृह मन्त्रालयले बुधवार अर्को पत्र पठाएर गोरखा नजान भन्यो। 

‘गोरखा जान तयार थिएँ, रमना लिएर हिँड्ने तयारी गरेकै बेला अर्को पत्र आयो, मन्त्रालयमा हाजिर हुन भनिएको छ’ गोरखा तोकिएर मन्त्रालय तानिएका लालबाबु कवारीले भने ‘के कति करणले गोरखा भएन त्यो त मलाई थाहा भएन, मन्त्रालयले तोकेको ठाउँमा जानु कर्मचारीको कर्तव्य हो, मन्त्रालय जान्छु।’ कवारी बिहीबार पनि जिल्ला प्रशासन कार्यालय सिराहमा छन्। 

कसैको दबाब प्रभावमा नपरी योग्यता र क्षमताको आधारमा प्रमुख जिल्ला अधिकारी सरुवा गर्न कार्यविधि ल्याएको बताएका गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेले एक साता नबित्दै आफैँले कार्यविधि ल्याए।

 गृह मन्त्रालयको प्रशासन महाशाखाका सह सचिव गोबिन्दप्रसाद रिजालले माघ ६ गते गोरखा सरुवा गरिएको प्रजिअ लालबाबु कवारीको सरुवा रोकिएको बताए। ‘गोरखा को पठाउने भन्ने यसअघिको निर्णय फेरिएको हो, लालबाबु कवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, गोरखामा छिट्टै प्रमुख जिल्ला अधिकारी तोकिनेछ।’ मन्त्रालयले चार दिन नबित्दै निर्णय बदल्नुपर्ने कारण बारे उनले मन्त्रालयले निर्णय भएको बताए। 

गृहमन्त्री लामिछानेले माघ ४ गते प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधी, २०७९ जारी गरेका थिए। कार्यविधी जारी गर्दै उनले दबाबमा कसैको सरुवा नहुने, नियमसंगत हुने बताएका थिए। तर गोरखामा सरुवा भएका प्रजिअ राजनीतिक दबाबकै कारण चार दिनमा फेरिएको चर्चा जिल्लामा छ। 

कार्यविधिमा उल्लेख भए अनुसार गोरखा  ‘ख’ श्रेणीको जिल्लामा पर्छ। सिराहालाई पनि ‘ख’ श्रेणीमा राखिएको छ। गोरखा आउन लागेका र यसअघि रहेका दुबै एकै तहका हुन्। 

सरल, सहज र पारदर्शी रुपमा खटाउन भन्दै जारी भएको कार्यविधी विपरीत गोरखा सरुवा भएका प्रजिअ नआउँदै फेरिएपछि गोरखा प्रजिअ विहीन छ। गोरखामा रहेका सहायक प्रमुख जिल्ला अधिकारी चित्रिङ्ग बरालको पर्वत सरुवा भएपछि यहाँ सहायक प्रजिअ पुष्कर राना आउने भएका छन् तर आइसकेका छ्रैनन्। 

प्रकाशित: १२ माघ २०७९ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App