१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचन सारेकोमा क्रान्तिकारीको आपत्ति

काठमाडौं—मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा भदौ ८ का लागि तय भएको निर्वाचन सारिएको विषयप्रति नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ।

सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा निर्वाचन समितिले विद्यार्थी संगठनहरुसँग सहमति नगरी निर्वाचन भदौ १३ गतेका सार्ने निर्णय गरेको थियो।

क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपानेले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनको इसारामा निर्वाचन समितिले अचानक विना कुनै सहमति र मनासिव कारण चुनाब सार्ने षडयन्त्रकारी निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्।

क्रान्तिकारीले एक महिना अगाडि नै राजेन्द्र बुढा नेतृत्वको चुनाबी प्यानल सार्वजनिक गरी चुनाबमा होमिएको थियो। अन्य विद्यार्थी संगठनहरु पनि सहमतिपूर्वक चुनाबमा अघि बढिरहेका थिए।

'अँध्यारो कुनावाट गरिएको यसखालको निर्णयले कतै विश्वविद्यालय प्रशासन स्वयं अमुक संगठनको दवाबमा चुनाव भाँड्न उद्धत त छैन भन्ने गम्भीर आशंका पैदा भएको छ', विज्ञप्तिमा भनिएको छ।

निर्वाचन प्रयोजनका लागि अधिकांश विद्यार्थी संगठनको उम्मेदवारी दर्ता भैसकेको र निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा पूर्व निर्धारित भाद्र ८ गते नै मतदान कार्य सम्पन्न गर्न क्रान्तिकारीले माग गरेको छ।

'विश्वविद्यालय प्रशासन र निर्वाचन समितिले बिना कुनै मनासिब कारण मुखमै आइसकेको निर्वचन सार्नु षड्यन्त्रपूर्ण छ', क्रान्तकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भने, 'सबै उम्मेद्‌वारी दर्ता भइसकेको छ। आचारसंहिता लागू भइसकेको छ। यस्तो अवस्थामा चुनाब सार्नु भनेको भाँड्ने षड्यन्त्र हो।'

क्याम्पस प्रशासनले तयारी नपुगेको भन्दै भदौ १३ लाई चुनाब सारेको छ।

प्रकाशित: ६ भाद्र २०७३ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App