६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

यी कारणले राष्ट्रिय सहमती गर्नुपर्छ भन्छन् सांसद पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले तीन वटा कारणले गर्दा राष्ट्रिय सहमतीबाट देशलाई अघि बढाउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कमसल आर्थिक अवस्था, भूराजनीतिक दवाव र शान्ति प्रक्रिया जस्ता एजेण्डाले गर्दा सबै दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने बताए।

‘हुन त राष्ट्रिय सहमतीको कुरा गर्दा आफ्नो स्वार्थका लागि खोज्यो भन्छन्। तर देश असहज अवस्थामा छ’, सांसद पौडेलले भने।

सांसद पौडेलले निष्ठाको राजनीति जोगाउन पनि एकताको खोजी गर्नुपर्ने बेला आएको छ।

‘राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव महशुस गरिरहेको छु’, उनले भने, ‘राष्ट्रिय सहमती गरौं । राजनीतिक संस्कृतको जगेर्ना गरौ र सबै मिलेर विकास गरौं।’

प्रकाशित: १० माघ २०७९ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App