१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति रहेको बताएका छन्।

आइतबार तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका हुन्।

‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो।’, सन्देशमा भनिएको छ।

उनले लोकतन्त्र प्राप्तीका लागि नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा समेत गरेका छन्।  

‘नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं’, उनले भने, ‘यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु।’

नेपालमा बसोबास गर्ने सबै जाति÷जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका र यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको प्रधानमन्त्री दाहालको भनाई छ।

उनले राज्यको तर्फबाट ल्होछार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने पनि बताएका छन्।

मञ्जुश्री पात्रो शुरु भएको २८५९ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष हुन्छ। यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

प्रकाशित: ८ माघ २०७९ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App