७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले अध्यक्ष ओलीकाे बुझाईमा हिउँ पग्लिनुका दुई कारणः गहुँको छ्वालीको खरानी र समुन्द्रको प्रदुषित हावा

पानी र असिना पर्दा माछा पनि बर्सिन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिमालहरु पग्लिनुका दुई कारण औंलाएका छन्।

उनले शुक्रबार एमाले परराष्ट्र मामिला विभागको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै हिमालहरु पग्लिनुका दुई कारणहरु यसरी व्याख्या गरेका हुन्। 

अध्यक्ष ओलीले ‘वातावरण’लाई ग्लोबल एजेण्डाका रुपमा व्याख्या गर्दै हिमाल पग्लिनुका दुई कारणहरु यसरी व्याख्या गरे।

पहिलो कारण (उनको भनाइ हुबहु)

हामीले नभोगेको बिषयमा सजाय पाइरहेका छौं। हामी न त्यति कार्बन उत्सर्जन गरिरहेका छौं। हिउँ पग्लिने कुरामा हामी त्यस्तो जिम्मेवार छैनाैं। किन हिउँ पग्लिरहेको छ?  

हिउँ पग्लिने कुरामा हामीलाई दोष देखाइराख्या छ, त्यो कुरा होइन। हिउँ पग्लिने कुरामा खासगरी जतिखेर हिउँको सिजन हुन्छ त्यतिबेला चाही गहुँका छ्वालीहरु धुमधाम जलाइन्छ।

यसले गर्दा त्यो हेलिकप्टर उड्न सक्दैन केही दिन पछि। त्यति विषाक्त हुन्छ, त्यो वायुमण्डल। अलिकति परसम्म हेर्न सकिदैन,त्यति विषाक्त हुन्छ। र, खरानी एसिडिक हुन्छ भन्ने हामीलाई थाहा छ। त्यो एसिडिक खरानी बहेर आउँछ र त्यो हावा ठोकिने त हिमालमै हो। एसिड हिउँमा राखिदिएपछि हिउँ त पग्लिनी नै भयो।

दोसो कारण

अर्को कुरा समुद्र फोहोर गरेपछि। हामी त समुन्द्र फोहोर गरिरहेका छैनौ नी। ठूला विकसित देशहरुले समुन्द्र फोहोर गरिराख्या होलान, जोसँग समुन्द्र छ तीनीहरुले फोहोर गरिरहेका होलान। हामीले गरिरहेका छैनाैं। समुन्द्र बाट माथि गएको बादलबाट कहिले कहिले माछा पर्छ। पानी र असिना बर्सिदाखेरी कहिले काही माछा बर्सिन्छ। कहिले–कहिले जमिनमा माछा पनि बर्सिन्छ।

त्यहाँबाट अरु प्रदुषण बोक्दैन बादले? प्रदुषण पनि बोक्छ, बादले। प्रदुषण पनि बोकेको हुन्छ नी। बादलले नुनबाहेक सबै बोक्छ। बाष्फिकरणमा जादा खेरी त्यो नुन चाहि फेरी छुट्टीन्छ र बाफ बन्दैन त्यो त्यही बस्छ। अरु धेरै चिज चाही बाफमा जान्छ। त्यसकारण त्यो फेरी हिमालमा आउँदा खेरी त्यो साइकलमा नै त्यो समुन्द्रको प्रदुषणले हिमालमा नोक्सान भइरहेको छ।

उनले हिउँ पग्लिनुका कारण अन्त्य गर्दै भने, ‘अर्को समयमा फेरी चर्चा गरौंला इन्भ्यारोमेन्ट कोइसनमा। तर वातावरणीय प्रश्नमा गम्भिर छौ। गम्भिर हुनुपर्छ।’

प्रकाशित: ६ माघ २०७९ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App