१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नै पार्टीको व्यक्ति राष्ट्रपति हुनुपर्ने अडानमा अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने दावी गरेका छन्।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमती भएको समेत स्पष्ट पारे। सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भने पछि भन्ने प्रतिक्रिया दिए।

अध्यक्ष ओलीले भने, ‘एकदमै राष्ट्रिय सहमती हुनुपर्छ राष्ट्रपतिमा। नेकपा एमालेले उम्मेदवार उठाउँछ। हाम्रो सहमती त्यही हो। यसमा राष्ट्रिय सहमती हुनुपर्छ। एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौला।’

ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिंजडा देख्नु अशुभको संकेत भएको बताए। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडा भित्र राख्न खोजेको टिप्पणी गरेका थिए। शर्माको सो अभिव्यक्तिलाई ओलीले अशुभको संकेतको रुपमा रहेको बताए। 

प्रकाशित: ५ माघ २०७९ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App