४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विगतमा सभामुखको भूमिका पार्टीको कार्यकर्ता जस्तो भयोः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विगतका कार्यकालमा सभामुखको भूमिका पार्टीको कार्यकर्ता जस्तो भएको टिप्पणी गरेका छन्।

उनले बिहीबारको संसद बैठकमा उक्त कुरा बताएका हुन। ‘विगतमा सभामुखको भूमिका पार्टीको कार्यकर्ता जस्तो भयो’, सांसद सुवालले भने।

सुवालले सभामुखको भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए। सभामुखका उम्मेदवारले यसको प्रतिवद्धता जनाउनुपर्ने उनको भनाइ छ।

सांसद सुवालले संसदलाई सरकारको रबरछाप बनाउन नहुने उल्लेख गरे। ‘सभामुखले प्रतिनिधि सभामा प्रजातन्त्रको अभ्यास गराउने हो। यसलाई प्राज्ञिक छलफलको थलो बनाउनुपर्छ’, उनले भने।  

सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको दललाई सर्वदलीय बैठकमा नबोलाउनुलाई ‘मनपरीतन्त्र’को संज्ञा दिए।

प्रकाशित: ५ माघ २०७९ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App