५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन्। ‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ’, उनले भने, ‘राष्ट्रिय सहमतिको लागि कुरा ल्याए। यो केका लागि पदको लागि मात्रै हो की , देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन।’

उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे। उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे।

उनले भने, ‘पदको लागि मात्रै किन कुरा ? दल भन्दा माथिको कुरा गरिन्छ। कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो। हामी दल भन्दा माथि उठ्छौँ तर तपाईहरु एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ की हुँदैन? त्यो ठूलो कुरा हो।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए। जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरुले १ मिनेट उठेर मौन धारण गरेका थिए।

प्रकाशित: ५ माघ २०७९ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App