७ वैशाख २०८१ शुक्रबार
राजनीति

सभामुखमा जसपाले देवराज घिमिरेलाई मत दिने

जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ।  

बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको संसद बैठकमा बोल्दै जसपा नेता प्रकाश अधिकारीले घिमिरेलाई मत दिने बताएका हुन्।

सभामुखमा घिमिरे योग्य पात्र रहेको भन्दै उनले सबै राजनीतिक दललाई मत दिन पनि आग्रह गरे।प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।

प्रकाशित: ५ माघ २०७९ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App