७ वैशाख २०८१ शुक्रबार
राजनीति

गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन, दबाब नदिनुहोलाः गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्य लगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षा,स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको बताए। सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको उनको भनाइ छ। उनले दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भुमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताए।

गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गरे। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उनले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताए। उनले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबार प्रभावमा नपार्न आग्रह गरे।  

गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा विजयी गराउन सांसदहरुसँग आग्रह गरे। 

प्रकाशित: ५ माघ २०७९ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App