coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेश शभाको सभामुखमा नेकपा माओवादी केन्द्रका भिम बहादुर भण्डारी निर्वाचित भएका छन्। मंगलबार बिहान प्रदेश सभाको बैठकमा भएको निर्वाचनमा २९ मत प्राप्त गरेर भण्डारी सभामुखमा निर्वाचित भएका हुन्। 

मतदानमा सहभागी रहेका ५२ प्रदेश शभा सदस्य मध्य भण्डारीको पक्षमा २९ र विपक्षमा २३ मत परेको थियो। भण्डारीको पक्षमा परेको २९ मत सुदूरपश्चिम प्रदेश शभा सदस्य संख्याको बहुमत रहेकाले भण्डारी सभामुखमा निर्वाचित भएको प्रदेश शभा बैठकको अध्यक्षता गरिरहेका जेष्ठ नागरिक शिवराज भट्टले घोषणा गरेका छन्।  

सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तीका ७ र राप्रपाका १ गरी २९ प्रदेश सभा सदस्यले भण्डारीलाई मतदान गरेका हुन्। नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र स्वतन्त्र उम्मेदवार तारा जोशीले विपक्षमा मतदान गरेका हुन्। जेष्ठ नगारिक भट्टले मतदान गरेनन्। ५३ सदस्यिय प्रदेश सभामा सत्ता गठबन्धन दलसँग भएका सबै २९ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्।  

यसैगरी पहिलो चरणमा नेपाली काँग्रेसका तर्फबाट सभामुखका लागी मनोनयन दर्ता गराएका मान बहादुर रावलका लागी मतदान गरिएको थियो। उनको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो।  

सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा सुदूर पश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले र सभामुख माओवादीलाई दिने सहमती भएको हो। एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुखमा आधा आधा कार्यकाल आलोपालो हुने सहमती छ।

यस अघि पुस २८ गते र पुस ३० गते सभामुखका लागी भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुग्दा सभामुख चयन हुन सकेको थिएन्।

पुस २८ गते बिहिबार साँझ सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागी भएको मतदानमा माओवादी केन्द्रका भण्डारीले २६ मत मात्र प्राप्त गरेका थिए। भने काग्रेसका रावलले २३ मत प्राप्त गरेका थिए। नेकपा एमालेका प्रदेश सभा सदस्य चक्र मल्ल निर्धारित समयमा प्रदेश शभा बैठक भित्र प्रवेश गर्न नसकेकाले मत गर्न पाएका थिएनन् भने नागरिक उन्मुक्तीका लक्ष्मण किशोर चौधरी अनुपस्थित रहेका थिए। भने सत्ता गठबन्धन दलका एक सांसदको मत बदर भएको थियो।

यसैगरी पुस ३० गते भएको निर्वाचनमा सहमती बमोजिम रेशम चौधरीलाई पुस मसान्त भित्रै रिहा नगरेको भन्दै नागरिक उन्मुक्ती पार्टीका ७ प्रदेश सभा सदस्य तटस्थ बस्दा भण्डारीले २२ मत मात्र प्राप्त गरेका थिए। रावलले पनि २२ मत प्राप्त गरेका थिए।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। पुस १८ गते पहिलो बैठक वसेको थियो। सरकारले बिमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आधा राष्ट्रिय झण्डा झुकाएर बिदा गर्ने निर्णय गरेकाले सभामुख निर्वाचनका लागी सर्वदलिय सहमतीमा माघ २ गते राखेको प्रदेश सभाको बैठक स्थगित गरि आज प्रदेश सभाको बैठक राखिएको थियो।

प्रकाशित: ३ माघ २०७९ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App