१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेश प्रदेश: सभामुख र उपसभामुखको लागि उम्मेदवारी दर्ता आज

मधेस प्रदेशको सभामुख र उपसभामुख पदको लागि आज उम्मेदवारी दर्ता गर्न आह्वान गरिएको छ। शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ।

दलहरुले प्रस्ताव गरेको सभामुख र उपसभामुख पदका उम्मेदवारहरुको नामावली दिउँसो ३ः३० बजे प्रकाशन गरिने प्रदेशसभा सचिवालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।  

सचिवालयका कार्यतालिका अनुसार प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन्। प्रस्तावकले प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र दर्ता भएको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिनेछ। माघ २ गतेको प्रदेशसभा बैठकमै सभामुख र उपसभामुख चयन हुने तथा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बुझिएको छ।

सत्ता साझेदार दलहरुबीच सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमती बनेको छ। एमालेले सभामुखमा रामचन्द्र मण्डल र उपसभामुखमा बबिता ईसरको उम्मेदवारी दर्ता गराउने बुझिएको छ। 

प्रकाशित: ३० पुस २०७९ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App