८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रीहरुलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था शुरु गर्नुपर्छः सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उनले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एक पटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गरेका हुन्।

उनले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे। उनले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताए। उनले आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने काम शुरु गरेको बताए।  

प्रकाशित: २९ पुस २०७९ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App