coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री यादवको राजनीतिक ‘उडान’

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाबाट प्रदेश सभा सदस्य सरोज कुमार यादव नियुक्त भएका छ्न। यादव मधेस प्रदेशको दोस्रो मुख्य मन्त्री बनेका छन्। उनी यस प्रदेशको पहिलो सभामुख थिए।

 यादव बारा क्षेत्र नम्बर १ (२) बाट लगातार दोस्रो पटक प्रदेश सभा निर्वाचित भएका छन। यस क्षेत्रबाट उनी पहिलो पटक ०७४ मा राजापाबाट निर्वाचित भएका थिए। त्यो बेला संघीय समाजवादी फोरम (ससफो) र जसपाको संयुक्त सरकार गठन हुँदा यादव सभामुख बनेका थिए।

बाराको सिमरौनगढ नगरपालिका– ३ स्थायी घर भएका उनको जन्म २०२८ साल माघ १० गते पिता परमानन्द प्रसाद यादव र आमा सिकिल देवीबाट जन्मेका उनी प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन्। तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीति सुरू गरेका यादव ०५४ मा हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

बारा निर्वाचन १ बाट संविधानसभा सदस्यमा निर्वाचित उनी २०६६ मा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र २०६८ मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत भए। त्यसैगरी २०६९ सालमा तत्कालीन सद्भावना पार्टीको महासचिव र २०७३ सालमा उपाध्यक्ष भएका यादब राजपा नेपालको गठनपछि पनि उपाध्यक्ष थिए।

राजपा उपेन्द्र यादव नेतृत्वको ससफो पार्टीबीच एकतापछि जसपा बन्यो। त्यतिबेला उनी सभामुख थिए। जसपाबाट महन्थ ठाकुर समुह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गर्दा उनी सभामुख थिए।सभामुख स्वतन्त्र हुन्छन् भनेर उनी मौन बसे। न महन्थ ठाकुर न उपेन्द्र यादवलाई रोजे।  

पछि उनी उपेन्द्र यादवकै पार्टी जसपासँग नजिकिए। र, आम निर्वाचनमा जसपाकै टिकटबाट पुनः चुनाव जित्न सफल भए। र, जसपा नेपालको संसदीय दलको नेता हँदै यादव मधेस प्रदेशको मुख्यमन्त्री बनेका छन्।

प्रकाशित: २७ पुस २०७९ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App