६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मतः रामचन्द्र पौडेल

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका छन्।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउन बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका हुन्। उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए।

उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए। उनले काँग्रेसले कुनैपनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए। उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए।

उनले भने, ‘मैले केही दिन अगाडि एउटा कार्यक्रममा भनेको थिए। अहिलेको राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको छ। आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आइरहेका छन्। यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ। राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम हुनुपर्छ भनेर मैले भनेको थिए। आज त्यही अनुसार सबै राष्ट्रिय पार्टीहरु र शक्तिहरु मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ। यो एउटा ऐतिहासिक घटना हो। यसमा मलाई सन्तोष छ। काँग्रेसले राष्ट्र,व्यवस्थालाई हेरेर संविधान बचाउनको लागि संविधानमा आइपरेका विभिन्न खतराहरुलाई समेत हृदयंगम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउनको लागि काँग्रेसले प्रचण्डलाई विश्वासको मत दियौं।’

प्रकाशित: २६ पुस २०७९ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App