काठमाडौं– ११ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न माग गर्दै नेविसंघका दुई जना नेताले आमरण अनशन सुरु गरेका छन्। नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र विद्यार्थी नेता रत्नहरि ढुंगेलले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न दबाब दिन आमरण अनशन सुरु गरेका हुन्। नेविसंघको विधि विधान विपरित भागवण्डा गरिएका नेतृत्व र करिब १६०० महाधिवेशन प्रतिनिधि खारेज गरी विधि सम्मत नेतृत्व प्रतिनिधि कायम गर्नुपर्ने, अधिवेशन हुन बाँकी विवादित जिल्ला र क्याम्पसमा विधिसम्मत अधिवेशन गर्नुपर्नेलगायतका माग राखी आमरण अनशन सुरु गरेको अनशन बसेका गणेश सापकोटाले बताए।
प्रकाशित: १५ श्रावण २०७३ ११:४४ शनिबार