८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको प्रतिवद्धता आश लाग्दो छ यसमा कसैले असहमती जनाउनु पर्दैन्: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको  प्रतिवद्धता आश लाग्दो भएकाले यसमा कसैले असहमती जनाउन नपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको प्रतिवद्धता आश लाग्दो भएकाले यसमा कसैले असहमती जनाउन नपर्ने बताएका हुन्।

ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु स्वागतयोग्य भएको बताए। उनले भने,'बिरोध गर्ने त कुनै ठाँउ छैन। त्यसमा पनि कांग्रेसका लागि ठाँउ छैन। २ वर्षपछि विश्वासको मत हाल्छु भनेकै थियो अहिले किन नहाल्ने ? यो एकदम राम्रो निर्णय हो। स्वागत र धन्यवाद व्यक्त गर्दछु।'  

सरकारले सारेको नीतिगत प्राथमिकतामा स्पष्ट प्रतिवद्धता रहेको पनि उनले बताए। प्रतिवद्धता जति कडा हुन्छ चूनौती पनि त्यति नै हुने उनको भनाइ छ।  

प्रकाशित: २६ पुस २०७९ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App