coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्छः केपी ओली

नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताएका छन्।

सोमबार ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताएका हुन्। उनले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रुपमा चल्ने बताए।

सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई उनले आग्रह गरे। आफूहरु सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उनले स्पष्ट पारे। अध्यक्ष ओलीले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गरे।

उनले भने,‘म साथीहरुलाई के भन्न चाहन्छु भने यो सरकार यसभित्र कुनै खेल हुन्छ कि? कसैले फेरि यो सरकार ढाल्छ की? यस्तो, उस्तो नसोच्नु होला। धेरै धेरै खेलाडीहरु दर्शक भएका छन्। र धेरै बाइसाइडर्स भएका छन् यसमा। रिङभन्दा बाहिर बसेर हेर्न बाध्य भएका छन्। यो यत्तिकै बनेको छैन र यो सरकार बनाइएको स्थिरताको लागि हो।’

अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दलहरुलाई आग्रह गरे। उनले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरुले छिटोछिटो नभइ सुविचारित ढंगले सरकार निर्माण गरेको बताए। 

प्रकाशित: २५ पुस २०७९ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App