५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार बन्न पाएको छैन बिगार्ने खेल सुरु नगरौंः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सरकार बन्न पाएको छैन बिगार्ने खेल’ सुरु नगर्न आग्रह गरेका छन्। 

अध्यक्ष ओलीले सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उक्त कुरा उल्लेख गरेका हुन। ‘सरकार बन्न पाएको छैन। बिगार्ने खेलतीर लाग्यौं भने समयको बर्बादी हुन्छ। हाम्रो समय रचनात्मक ढंगले उपयोग हुदैन। देशका लागि गरौं’, उनले भने।

अध्यक्ष ओलीले भने, ‘अब हामी लोकतान्त्रिक मुल्य मान्यतामा चलौं। सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो।’ उनले एकता बद्ध भएर राष्ट्र निर्माण काम लाग्न आग्रह गरेका छन्। ‘सबैलाई आग्रह गर्न चाहन्छु। देशका लागि सबैले काम गरौं’, अध्यक्ष ओलीले भने।

उनले प्रतिपक्ष दलका नेताले अलिकति बहस ओपन गरेको तर आफु त्यसमा प्रवेश गर्न नचाएको बताए। ‘त्यसलाई अन्य समयमा छलफल गरौला। यही मञ्चमा पनि छलफल हुन सक्छ। अन्यत्र पनि छलफल भइहाल्छ’, अध्यक्ष ओलीले भने।

उनले धेरै चुनौतीहरु भएको उल्लेख गरे। ओलीका अनुसार सुशासन, भ्रष्टाचार, आन्दोलनका घाउहरु, राजनीतिक बन्दीका मुद्दा मामिला, शान्ति प्रक्रिया जस्ता चुनौतीहरु ‘भूमिसम्बन्धि, सुकुम्बासी, अपाङता, घाइते, द्घन्दपिडितका समस्या छन्। शरिरमा गोली बोकेर बसेका छन्। आन्दोलनका असरबाटमुक्त भइसकेका छैनौ। विभिन्न आन्दोलनमा शाहदत प्राप्त गरेका व्यक्तिहरु छदैछन्। हजुरबुवा हजुरआमा छन्। टुहुराटुहुरीहरु छदैछन्। तीनीहरुले पढाई पाइरहेका छैनन। हेरचाह पाइरहेका छैनन। हाम्रो ध्यान त्यतातिर लैजाउ’, उनले भने।

प्रकाशित: २५ पुस २०७९ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App