६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज  सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो।

अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन्।

रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा रबि लामिछानेले पार्टी दर्ता गरी पदाधिकारी रही उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको थियो। रिटमा रबि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको थियो।

प्रकाशित: २२ पुस २०७९ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App