१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

के नेकपा समाजवादीका सांसदलाई पार्टीको ह्वीप लाग्छ?

भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले समानुपातिक थ्रेस होल्ड  कटाउन सकेन। थ्रेस होल्ड कटाउन नसकेकै कारण एकीकृत  समाजवादी राष्ट्रिय दल बन्न असफल भयो।

त्यसैले   समाजवादीका सांसदहरुलाई दलीय ह्वीप लाग्छ की लाग्दैन भन्ने कुरा चासोको बिषय बनेको छ। आम मानिसमा माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीलाई ह्वीप लाग्छ की लाग्दैन भन्ने जिज्ञासा छ। 

संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाका अनुसार नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित सांसदलाई पनि पार्टीको ह्वीप लाग्छ। राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ।

धमलाका अनुसार राष्ट्रिय दल नबनेका कारण पार्टीको ह्वीप लाग्ने वा नलाग्ने भन्ने स्पष्ट व्यवस्था स‌‌‌विधानमा भने गरेको देखिँदैन।  संविधानको कुन उपधारामा ह्वीप लाग्ने र कुनमा नलाग्ने भन्ने व्यवस्था भने गरेको देखिँदैन। 

प्रकाशित: २१ पुस २०७९ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App