२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राहदानी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभागको प्राविधिक शाखाको निरीक्षण गरेको छ। कार्यालयले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टोलीसँग अहिले देखिएको समस्याका बारेमा विस्तृत छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले सम्झौताअनुसार सम्बन्धित कम्पनीले समस्या हल नगरेको र कम्पनीका कारण जनताले सास्ती भोग्नुपरेको निष्कर्ष निकाल्दै तत्काल समस्या हल गर्न निर्देशन दिएको उनले बताए।  

'यसका लागि कम्पनीको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिइएको छ', उनले भने। प्रधानमन्त्री कार्यालयले सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्ययोजना बनाउनसमेत निर्देशन दिएको छ।

विभागले मङ्गलबार एक सूचना जारी गर्दै सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको जनाएको थियो। सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा प्रवाह रोकिएको छ।  

प्रकाशित: २० पुस २०७९ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App