सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आलीले मन्त्रीपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन्।
अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रीपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे। उनले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको सो माग सरकारसमक्ष पु¥याउन आफू लागिपर्ने आश्वासन समेत दिए। नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाई थियो।
उनले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याए। अध्यक्ष ओलीले भने, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईहरुको यो अभिव्यक्ति हेरोस भन्ने चाहना र यो मागलाई सरकार समक्ष पु¥याउँछु। अहिले त खेलकुद मन्त्री नै छैन । केही दिन भित्र भन्दा पनि १०/१५ दिन लाग्न पनि सक्छ। खेलकुद मन्त्री आउन। तर १०/१५ दिन पछि भएपनि म खेलकुद मन्त्री जो बन्ला, उसलाई पनि यो तपाईहरुको कुरा भन्छु। खेलाडीहरुको भनाई छ–खेल क्षेत्रलाई सरकारले हेरोस्। त्यो कुरा म सरकारसँग राख्छु।’
अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राखे। त्यस अवसरमा उहाँले सो एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाई नगर्न आग्रह गर्दै आफूले २ लाख नगद राशी सहयोग गर्ने घोषणा गरे।
प्रकाशित: १७ पुस २०७९ ११:४३ आइतबार