लहान-प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र ले संसदमा लैजाने अविश्वासको प्रस्तावमा समर्थनको निर्णय गर्न संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बैठक वसिरहेको छ। संविधान सभा भवनमा बसिरहको मोर्चाको बैठकमा मोर्चामा सहभागी सातै दलका नेतृत्व पंतिको उपस्थिती रहेको मोर्चा स्रोतले जनाएको छ।
ओली नेतृत्वको सरकारलाई संसदमा पेश हुने अविश्वासको प्रस्तावमा मोर्चाको समर्थन हुने औपचारिक निर्णय गर्न मोर्चाको बैठक बसिरहेको सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए। मोर्चा स्रोतका अनुसार आजै बहुमत सांसदको हस्ताक्षर समेत सभामुखलाई बुझाउने कुरा भएको छ।
बहुमत पुर्याएर हस्ताक्षर सहितको अविस्वास प्रस्ताव दर्ता गराउने गरि बैठक बसिरहेको मोर्चा स्रोतले जानकारी दिएको छ। यद्यपी सरकारमा सहभागी हुनेबारे मोर्चाको आजको बैठक केन्द्रित नरहेको उल्लेख गर्दै महतोले भने,‘अहिले सरकारमा जाने सवालै उठ्दैन्।’
प्रकाशित: २९ असार २०७३ ०९:१९ बुधबार