१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बागमती किनारका अनाधिकृत संरचना हटाउन महानगरले माग्यो गृहसँग सहयोग

काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयसँग थापाथलीस्थित बागमती किनारमा रहेको अनाधिकृत संरचना हटाउन सहयोग मागेको छ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो। महानगरले गृह मन्त्रालयसँग महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकृत संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडी बढाउनु पर्ने भन्दै सहयोग मागेको हो।  

महानगरको पत्रमा ‘अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ। जसको लागि त्यहाँमार्फत् सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ।’ भनि उल्लेख गरिएको छ।  

अतिक्रमित क्षेत्र मध्ये थापाथलीस्थित वाग्मती नदी किनारमा अव्यवस्थित र अनाधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडी बढाउन बाग्मती सभ्यता एकीकृत विकास परीयोजना समेतवाट अनुरोध भै आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाइएको भएतापनि सो सफल नभएको महानगरको भनाइ छ।

सो बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरू गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको हो।

यो हेनुहोस पत्रः

प्रकाशित: १४ पुस २०७९ १०:२२ बिहीबार

काठमाडौं महानगरपालिका गृह मन्त्रालय थापाथलीस्थित