२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्।

संसदीय दलको नेताका लागि आज भएको चुनावमा पाण्डेले १८ मत ल्याएर विजयी भएका हुन्। 

गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन्। पाण्डेले १८ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै ल्याएका छन्। एक मत भने बदर भएको छ।

पाण्डे गत मंसिरमा भएको चुनावमा गोरखा २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। उनीकांग्रेस केन्द्रीय सदस्य पनि हुन्।  

प्रकाशित: १३ पुस २०७९ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App