२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल भोलि सरकारी निवास बालुवाटार सर्दै

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि  सरकारी निवास बालुवाटारमा सर्ने भएका छन्।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल भोलि दिउँसो सर्ने गरी तयारी भईरहेको दाहालका सचिवालयका सदस्य सूर्य किरणले जानकारी दिएका छन।आज पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिहानै सरकारी निवास बालुवाटार छाडेपछि दाहाल भोलि बालुवाटार जान लागेका हुन। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सोमबार शपथ लिँदै ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन। दाहाल आज विहान देखि नै नेकपा एमालेका अध्यक्ष केपी ओली, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसंग छलफलमा व्यस्त रहेका छन। 

प्रकाशित: १३ पुस २०७९ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App