१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त हुने

अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त हुने भएका छन् ।

सरकारको कानुनी सल्लाहकारको रुपमा रहेको महान्यायाधिवक्ता पदमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सिफारिस गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । सम्भवत पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी गरिएको बताईएको छ । पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।

प्रकाशित: १२ पुस २०७९ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App