प्रधानमन्त्रीको दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
सरकार निर्माणमा दाबी गर्न उनीसँगै नेकपा एमालेका नेताहरु पनि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरूको पत्र राष्ट्रपति कार्यालयले दर्ता भएको जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालले माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको बताएका छन्।
त्यसैगरी जनता समाजवादी पार्टीको पत्र पनि आउने खबर आएको उनले जानकारी दिए। पत्र हेरेपछि राष्ट्रपति केही न केही निर्णय गर्नेछिन्। प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण त्यसपछि तय हुने छ।
प्रकाशित: १० पुस २०७९ ११:२५ आइतबार