४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार एमाले र काँग्रेस मिलेर बनाउँदा उपयुक्त हुन्छ: सांसद सूर्य थापा

नेकपा (एमाले)का सांसद सुर्य थापाले काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्।

मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठुला दलहरु काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क छ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरे लगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था नरहेको बताए।

उनले भने, ‘सरकारको नेतृत्वमा को आउनु हुन्छ?  काँग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि। अव ठुला शक्ति भएको हुनाले नेपाली काँग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ।’

सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरु अघि बढ्नुपर्ने धारणा समेत राखे। उनी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। 

प्रकाशित: ७ पुस २०७९ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App