३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नवनिर्वाचित सांसदद्वारा १४ वटा मात्रृभाषामा शपथ ग्रहण

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले १४ वटा मात्रृभाषामा शपथ ग्रहण गरेका छन्।  

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथ गराएका हुन्। 

संस्कृतसहित उर्दू, तामाङ, भोजपुरी, थारू, कोईरकोयु, मैथिली, अवधी, नेपाली खस भाषा, नेपाल भाषा, मधेसी भाषा, सन्थाली भाषा, मुसलमान भाषा, हिन्दी भाषासहित १४ भाषामा शपथग्रहण गरेका छन्।

सांसदहरुले शपथ पत्रमा नामसहित हस्ताक्षर गरेका छन। उनीहरुले नेपाली र भातृभाषामा हस्ताक्षर गरेपछि नेपालको प्रति लोगो लगाएका थिए। सपथ ग्रहण कार्यक्रममा सहभागी सासदहरु विभिन्न पोसाकमा सजिएर आएका थिए। सपथ ग्रहण सकिए लगतै उनीहरु एक आपसमा सामुहिक तथा सेल्फी फोटो खिच्न पनि व्यस्त रहेका छन।अहिले नयाँसासदहरु जलपानपानमा सरिक छन । 

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिएका हुन।   

प्रकाशित: ७ पुस २०७९ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App