लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष महन्त ठाकुरलाई चयन गरेको छ।लोसपा पार्टीका नेता केशव झाले बुधबारको बैठकले ठाकुरलाई सर्वसम्मत दलको नेता चयन गरेको जानकारी दिएका छन् ।लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ । तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेर लोसपा राष्ट्रिय पार्टी बन्न सकेन । लोसपाबाट सर्वेन्द्र नाथ शुक्ला रुपन्देही निर्वाचन क्षेत्र४ ,राम प्रकाश चौधरी सर्लाही निर्वाचन क्षेत्र १ शरत सिंह भण्डारी महोत्तरी निर्वाचन क्षेत्र २ र महन्थ ठाकुर महोत्तरी ३ बाट विजयी भएका हुन।
प्रकाशित: ६ पुस २०७९ १०:५५ बुधबार