१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको निर्वाचन: अझै सुरू भएन मतदान,मतदानस्थलमा मोबाइल लैजान पाउने, नपाउनेमा विवाद

आज कांग्रेस संसदीय दलको निर्वाचन हुँदै छ। निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपनि अझै मतदान सुरु हुन सकेको छैन्। 

मतदानस्थलमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान सुरु हुन नसकेको हो। निर्वाचन समितिका रहेका संस्थापन पक्षधर मतदानस्थलमा मोबाइल लैजान पाउनु पर्ने पक्षमा छन् भने संस्थापनइतर पक्षधर मतदानस्थलमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा छन्। 

निर्वाचन कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ। कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मदवारी परेको छ। 

प्रकाशित: ६ पुस २०७९ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App