६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

वामपन्थी दलहरुबाट सरकार बन्न सक्दैन: माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी दलहरूबाट सरकार बन्न नसक्ने बताएका छन्।

पार्टीबाट निर्वाचित सांसदहरूको शुभकामना कार्यक्रममा बोल्दै उनले अहिले वामपन्थी दलहरू एक भएर सरकार बनाउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका हुन्।

उनले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको पनि बताए। 

माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन संवाद भएको र सरकार बनाउने विषयमा पनि छलफल भएको जानकारी गराउदै उनले  कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल पछि मात्र सरकार गठनको समीकरण टुंगो लाग्ने बताए। 

प्रकाशित: ४ पुस २०७९ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App