१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चोलेन्द्रको महाभियोग निष्क्रिय गरेको होइन जानकारी मात्र गराएको : महासचिव गौतम

संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पूर्व–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने निर्णय गरेको नभई जानकारी मात्र दिएको  सर्वोच्च अदालतलाई  जवाफ दिएका  छन् ।  

गौतमले सर्वोच्चलाई आज पठाएको पत्रमा आफूले महाभियोगको प्रस्ताव निष्क्रिय हुने निर्णय नगरेको खाली जानकारी मात्र गराएको पत्रका लेखेका छन् । सर्वोच्च अदालतले राणा विरुद्धको महाभियोग निष्प्रभावी भएको गौतमले चोलेन्द्रलाई दिएको पत्रलाई लिएर चारै तिर विरोध भएको थियो ।

यस अघि संघीय संसद सचिवालयका महासचिव भरत गौतमले चोलेन्द्र सम्सेर राणालाई दिएको पत्र कार्यान्वयन नगर्न परेको रिट विरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिँदै गौतमलाई सात दिनभित्र जवाफ दिन भनेको थियो ।२०७८ साल फागुन १ गते तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएको थियो।महाभियोग दर्ता भएसँगै राणा निलम्बित अवस्थामा थिए। तर उनी विरुद्धको महाभियोगको प्रक्रिया सम्पन्न हुनुअघि नै प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको थियो।

प्रकाशित: ३ पुस २०७९ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App