२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउँदै आयोग

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउने भएको छ।

आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन मत परिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो। प्रतिनिधिसभातर्फको निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ।

आज बिहिबार बिहान १० बजे राष्ट्रपतिलाई भेटेर प्रतिवेदन बुझाउने आयोगको तयारी रहेको छ। साथै पुस २ गते आयोगले सातै प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्ने भएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ। आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ संसद र सरकार गठनको प्रक्रिया अघि बढ्दैछ। आयोगले प्रतिवेदन राष्ट्रपतिका साथै संघीय संसद सचिवालयलाई नव निर्वाचित सांसदहरुको विवरण पठाउने व्यवस्था छ।

प्रकाशित: २९ मंसिर २०७९ ०३:०६ बिहीबार

Election 2079