७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओली गुरुङ भेटघाटः वामपन्थी सरकार गठनको चर्चा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देव गुरुङबीच भेटघाट भएको छ। मंगलबार राती बालकोट पुगेर अध्यक्ष ओलीसँग महासचिव गुरुङले भेटघाट गरेका थिए।

कांग्रेसले गैर वामपन्थीहरुको सरकार गठन गर्ने प्रयास गरेसँगै महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन्। ‘एमाले अध्यक्ष केपी ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिन बालकोट गएको हुँ अलि बढी नै हल्ला भएछ’, माओवादी केन्द्रका महासचिव गुरुङले भने ‘उहाँ विजयी हुनुभयो भेटेर बधाई दिएको हुँ बाँकी अरु केही होइन।’

नेकपा विघठन भएपछि एमाले र माओवादीका नेताहरुबीच यसरी भेटघाट भएको छैन। एमाले अध्यक्ष ओलीले निर्वाचन परिणाम आएपछि पहिलो पटक प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए। यसपछि माओवादी नेताहरु एमालेका नेताहरुसँग अनौपचारिक संवादमा रहेका थिए।

उनीहरुले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षलाई भेट गराउने कोसिस गरिरहेका छन्। संसदमा गैर वामपन्थीहरुको समेत बहुमत पुग्ने अवस्था रहेकाले कांग्रेस नेतृत्वको सरकारले अध्यादेश ल्याएर सिके राउत र रेशम चौधरीको साथ खोजिरहेको अनुमान गरिएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App