६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन: अध्यक्ष नेपाल

फाइल तस्बिर।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन आग्रह गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव  दिएका हुन्। उनले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारे।

‘सरकारले आफूलाई समिक्षा गर्दै अघि बढनु पर्दछ। एकले अर्कालाई दोष दिएर मुलुक अघि बढन सक्दैन’, उनले भने ‘गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन। संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन। त्यो स्पष्ट छ।’  

नेपालले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराए।

अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले काम गर्ने विश्वास समेत व्यक्त गरे।

प्रकाशित: २५ मंसिर २०७९ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App