१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

माननीय म होइन, मतदाता हुन्: महामन्त्री शर्मा

फाइल तस्बिर।

नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्बर एकका सांसद विश्वप्रकाश शर्माले आफूलाई माननीय नभन्न मतदातालाई अनुरोध गरेका छन्।

बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नम्बर १ द्वारा मंगलबार धुलाबारीमा आयोजित आभार समारोहमा शर्माले औपचारिक स्थानमा बाहेक आफूलाई माननीय नभन्न अनुरोध गरेका हुन्।

'मतदाताहरु सबैभन्दा माथि हुनुहुन्छ, माननीय त वास्तवमा उहाँहरू हो म त यहाँहरूको पहिले जस्तो थिए त्यस्तै नै छु मेरा प्रियजनले मलाई फोन गरेर माननीय नभनी दिनुहोला' उनले भने।

कार्यक्रम बोल्दै शर्माले विभिन्न क्षेत्रबाट आफूलाई सहयोग गर्ने मतदातालाई सम्झिएका थिए। 'विदेशबाट फोन गरेर भोट हाल्न सिकाउने देखी विद्यालयमा घण्टी बजाउने कर्मचारी सबैलाई म आभार व्यक्त गर्न चाहन्छु' उनले भने।

प्रकाशित: २० मंसिर २०७९ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App