१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

ललितपुरको बाँडेगाउँ पुगेर प्रधानमन्त्री देउवाले गरे सङ्कल्प पूजा

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गरेका छन्। आज ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ (सप्ती हजार यज्ञ) को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सङ्कल्प पूजा गर्दै दीप प्रज्वलन गरेका हुन्।

आजबाट सुरु भएको महायज्ञ मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मुख्य पुरोहित रामचन्द्र तिमल्सिनाले जानकारी दिए। 'प्रधानमन्त्रीज्यूले यजमान बनेर आज महायज्ञको पूर्वाङ्ग गर्नुभयो, यो नौ दिनसम्म चल्छ', पुरोहित तिमल्सिनाले भने, 'मसहित चारजना पुरोहित रामकृष्ण न्यौपाने, नारायण घिमिरे र नारायण तिमल्सिना छौंँ।'

विसं २०१५ मा नेपालको पहिलो संसद्को सभामुख भएका  कृष्णप्रसाद भट्टराई विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदको प्रधानमन्त्री भएका थिए।

विसं २००३ मा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। 

नेपाली राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो। भट्टराईको निधन पश्चात् हरेक वर्ष उनको सम्झनामा जन्मोत्सव र स्मृति दिवसको अवसर पारेर बाँडेगाउँ आश्रममा कार्यक्रम गरिँदै आएको छ। रासस

प्रकाशित: १९ मंसिर २०७९ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App