२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) मा समाजवादीका नरेश शाही विजयी

बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।  

शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन्। भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत ल्याएका छन्। समाजवादीका केन्द्रीय सदस्य रहेका शाहीले गठबन्धनमा विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएका थिए।

सुरुमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु सामुहीक उम्मेदवारी दर्ताका लागि गएपछि साँझ समाजवादीका तर्फबाट नरेश कुमार शाहीले पनि उम्मेदवारी दर्ता गराएका थिए। गठबन्धनबाट माओवादी र समाजवादीको उम्मेदवारी परेपछि लामो समय विवादीत बनेको थियो।

गठबन्धनका शिर्ष नेतृत्वबाट आधिकारीक निर्णय नआएपछि अन्तिममा नेपाली काँग्रेसले समाजवादीका उम्मेदवारी नरेश कुमार शाहीलाई समर्थन गरेको थियो। माओवादीका नेता कर्णबहादुर विक केशवलाई गठबन्धन भन्दा बाहिर राखिएको थियो। काँग्रेस र समाजवादी बीचको चुनावी तालमेलबाट शाहीले जित हात पारेका हुन्।  

अनेरास्ववियुबाट राजनीति सुरु गरेका शाहीले नेकपा एमाले विभाजन पछि नेकपा एकीकृत समाजवादी रोजेका थिए। समाजवादी निकट युवा संघको केन्द्रीय अध्यक्ष समेत रहेका शाहीले विद्रोहबाटै टिकट ल्याए, र जित हासिल गरेर राजनीति स्थापित गरेका छन्।

नेपाली काँग्रेसमा माओवादी समर्थन गर्ने की, समाजवादी भन्नेमा अन्योल भइरहँदा काँग्रेस नेता जनक कुमार गिरीले नरेश शाहीलाई समर्थन गर्नु पर्ने अडान लिएका थिए। गिरीकै अडान नेपाली काँग्रेसले समाजवादीका उम्मेदवारलाई समर्थन गर्न पुगेको थियो। अन्तिममा आएर शाहीले काँग्रेससँगको सहकार्यमा चुनाव जितेका छन्।

गठबन्धनबाट उम्मेदवार भनिएका कर्णबहादुर विक केशव एक्लै उम्मेदवार बनेर चुनाव लडmे भने शाहीले काँग्रेसको बलियो साथ पाए। शाहीले आफ्नो गृह पालिका स्वामिकात्र्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाबाट अन्याधिक मत पाएका छन्। नेकपा एमालेले ती दुबै पालिकाका आधा दर्जन भन्दाबढी बुथ गठबन्धनले कब्जा गरेको आरोप लगाउँदै आएको थियो।  

निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका रेग्मीलाई आफ्नै पालिकाबाट समेत अपेक्षा गरिएको मत आएन्। माओवादीका उम्मेदवार विकले पनि झिनो मत मात्रै काटे। जस्को फाइदा नरेश शाहीलाई पुगेको छ। शाहीले निवर्तमान सांसद र पूर्व राज्य मन्त्रीलाईलाई पराजित गरेका हुन्।  

मानव संसाधन केन्द्र एचआरसी बाजुराको संस्थापक भएर काम गरेका शाहीले विद्यार्थी राजनीतिमा समेत लामो समय बिताएका थिए। पछि युवा संघको राजनीतिमा स्थापित भएका शाहीले सानै उमेरमा सांसद हुने अवसर पाएका छन्। युवाले रुचाएका शाहीको जितलाई समाजवादीले युवा र कोल्टी क्षेत्रको जितका रुपमा लिएको छ।  

प्रकाशित: १७ मंसिर २०७९ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App