२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालको मुख्य रोग भ्रष्टाचार हो, अब त्यसको निदान गर्नुपर्छ: चन्द्र भण्डारी

नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले नेपालको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन्।

नेपाल बन्न नसक्नु र पछाडि पर्नुको मुख्य कारण भ्रष्टाचार भएको भन्दै उनले त्यसको निर्मूल गर्न सब एक भएर लाग्नु पर्ने बताएका हुन्। नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले भ्रष्टाचार अन्त्य नगरी देश अगाडि बढन नसक्ने बताएका हुन्। पञ्चायतकाल देखिनै जनताले  खानेपानी,सडक,शिक्षाको माग गर्नु परेको र अहिले पनि त्यहि माग लिएर नेता गुहार्नु पर्ने अबस्था रहनु दुखद भएको बताए।  

‘३० बर्षमा पनि मुलुक जहाँको त्यहीँ छ ,१० जना नेताका लागि देश बनेको होला तर आम जनताका लागि देश बन्न सकेन,त्यसैले एकपटक देशलाइ माथि राखेर सबैले सोचौँ,विकासमा जुटौं,पार्टीको रसिदले मात्रै देश बन्दैन ’ नेता भण्डारीले भने।

जनताले अझै पनि न्यूनतम विकासका लागि हात फैलाउनुपर्ने अवस्था आउनुको मुख्य कारण भष्ट्राचार भएको बताए।  देशमा जताततै दलाल समुहहरू हावि हुँदा बेथिति बढेको उनले बताए।

देशको रोग आफूहरुलाई थाहा भएको र त्यसको निदान गर्न सक्ने डाक्टरहरुको समूहले रोगको  निदान गर्ने बताए। ‘सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो बिचार बोकेर ,सरकार बनाउने भन्नेमा हामी सचेत छौं। उमेरले मात्रै युवा हैन विचारले क्षमताले देशको सहि नेतृत्व गर्नुपर्छ’, भण्डारीले भने।

काँग्रेसबाट गगन थापा प्रधानमन्त्री भन्ने चर्चा छरुतपाईंको राय के छरु भन्ने पत्रकारको जिज्ञासामा उनले भने ‘ प्रत्यक्ष निवार्चन भएको भए व्यक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो, तर अहिलेको अवस्थामा जननिर्वाचितहरूले प्रधानमन्त्री बनाउने हो, त्यसैले अहिले प्रधानमन्त्री को के भन्दा पनि विचार र योजना ठूलो कुरा हो।’  

काँग्रेस महाधिवेशनपछि आफूहरूको विचार समूहले पार्टीमा पुस्तान्तरणको सवाल उठाएको बताउँदै उनले सबै समूह,दल र नेताहरुबीच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने बताए।  

‘कसैले ईच्छा राख्दैमा प्रधानमन्त्री हुने त होईन, यो बिषयमा पार्टी सभापति शेरबहादुर जि, प्रचण्ड जि, माधव जिहरुसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो, बाटैमा बोलेर बिषयान्तर गर्नु उचित देखिन्न’ उनले भने।

नयाँ सरकार गठनका लागि एमाले अध्यक्ष केपि ओलीसँग पनि परामर्श गरिने उनको भनाइ छ। गुल्मी  क्षेत्र न १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका भण्डारीले गुल्मीलाइ नमुना बनाउने पनि बताए।  नेता भण्डारीले राजनिती थुप्रै समस्याहरू रहेकाले समाधानका लगि सबै जिम्मेवार हुनुपर्ने बताए।

प्रकाशित: १७ मंसिर २०७९ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App