१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सञ्चार मन्त्रीको निर्वाचन क्षेत्रमा भएन मतगणना सुचारु

सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधीसभाको मतगणना शनिबार दिउँसोदेखि रोकिएकोेमा अझैसम्म सुचारु हुन सकेको छैन्। मतगणना पुनः मतगणना गर्न माग गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका नेपाली काँग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन्।

शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार विहान ९ बजेदेखि चार घण्टासम्म सर्वदलीय बैठक बसेपनि कुनै निचोड निकाल्न सकेनन्। लगत्तै कार्कीले निर्वाचन आयोगमा पुनः गणनाको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।

सुनसरी क्षेत्र नं. ४ मा मत गणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतको मतमा ६०६ मत बढी थपिएको काँग्रेसले आरोप लगाएपछि शनिबार दिउँसो विवाद भएको थियो। यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो। तर, काँग्रेसका कार्कीले त्यस प्रस्ताव स्वीकार गरेका छैनन्। 

सुरुवातदेखि नै एमाले उम्मेदवारको मतमा अरु पनि मत थपिएको आशंका भएकाले गर्दा सवै मत पुनः गणना हुनुपर्ने कार्कीको दावी छ। एमाले भने पुनः गणना हुन नदिने अडानमा छ। ‘सर्वदलीय बैठकबाट केही निचोड निस्किन नसकेपछि अब निर्वाचन आयोगमा उजुरी परेको छ। अब निर्वाचन आयोगले जे निर्णय गर्छ, सोही अनुसार अघि बढ्छ,’ नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले भने।

मतगणना रोकिनु अघिसम्म कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेका छन् भने एमालेका जगदीस कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका थिए। प्रदेश नं. ४ (क) मा नेपाली काँग्रेसका षडानन्द मण्डल र प्रदेश नं. ४ (ख) मा काँग्रेसकै हाजी डाक्टर इसरायल अन्सारी अग्र स्थानमा थिए।

प्रकाशित: ११ मंसिर २०७९ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App