२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सञ्चार मन्त्रीको निर्वाचन क्षेत्रमा मतगणना स्थगीत

मत गणनामा नेपाली काँग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको भन्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको क्षेत्रको मतगणना स्थगित भएको हो।

काँग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो। रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसेपनि ठोस निर्णय लिन नसक्दा अन्यौल बढेको छ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन्।

प्रकाशित: १० मंसिर २०७९ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App