१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

अहिलेकै सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगामी दिनमा पनि सत्ता गठबन्धनको सरकार बन्ने बताएकी छिन्। चितवनमा आज(शनिबार) शैलजा आचार्य स्मृति प्रतिष्ठान केन्द्रिय कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले भनिन्, ‘माओवादीलाई शान्ति प्रक्रियामा कांग्रेसले ल्याएर हो। अहिले उसैसंग गठबन्धन छ। पछिपनि कांग्रेस, माओवादी, नेकपा(एकीकृत समाजवादी) बिचको गठबन्धनको सरकार बन्छ। यसमा कुनै दुविधा छैन।’  

गठबन्धन समयको आवश्यकता रहेको उनको जिकिर छ। लोकतन्त्रलाई बचाउन गठबन्धन गरेका थियौँ। अहिले पनि कांग्रेसले  गठबन्धनको सरकार बएन भने अप्ठयारो परिस्थिती आउन सक्छ। उनले थपिन् नेपाली कांग्रेसले लोकतन्त्रको निकास दिन अगाडि बढ्छ। उनले नयाँ दलको कामको मुल्याङ्कन गर्न बाँकी रहेको बताइन्।  

आफु हारेर भएपनि कांग्रेसले निस्पक्ष निर्वाचन गराएको उनले दाबी गरिन्। ‘२०६२÷०६३मा काग्रेस हार्छ भन्ने पहिल्यै सूचना आएको  थियो। तर,पार्टीका नेताहरुले छलफल गर्नुभयो। सिस्टम बचाउनु पर्छ हारजितको समस्या छैन भनेर निर्वाचन गराउन लाग्नु भयो,’ उनले भनिन्, ‘अहिले गृहमन्त्री हार्दा पनि हामीले निर्वाचनलाई निस्पक्ष बनाएका छौँ।’ उनले शैलजा आचार्यको मार्ग निर्देशन छाड्दा पाटी कमजोर बन्दै गएको बताइन्।  

नेपाली कांग्रेसका नेता जीत नारायण श्रेष्ठले निर्वाचनबाट नआतिएको बताएका छन्। गठबन्धन गर्दा पनि चितवनमा कांग्रेस पराजय भएको भन्दै यसबाट पाठ सिकेर अगाडि बढ्ने बताए। नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानेले अहिले समपन्न निर्वाचनमा कांग्रेस कार्यकर्ता विभाजित भएको धारणा राखे। २०७१ सालमा शैलजा आचार्य स्मृति प्रतिष्ठानको केन्द्रिय कार्यालय चितवनमा स्थापना गरिएका छ। करिव १ करोड ५ लाख रुपैयाँ लगानीमा बनेको भवनको उद्घाटन शनिवार रेग्मीले गरेकी हुन्।  

प्रकाशित: १० मंसिर २०७९ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App