३ माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

जुम्लामा एमालेः प्रत्यक्षमा तेस्रो, समानुपातिकमा पहिलो

जुम्लामा मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकतर्फ भने पहिलो पार्टी बनेको छ। प्रत्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत मात्र प्राप्त गरे। तर समानुपातिकमा नेकपा एमालेले १० हजार ५ सय ४८ मत पाएको छ।  

यो मतपरिणाम हेर्दा प्रत्यक्षभन्दा समानुपातिकमा ४ हजार बढी मत एमालेको आएको छ। प्रदेशमा भने दोस्रो स्थानमा छ। कांग्रेसले प्रदेशमा ९ हजार ३ सय ४६ मत ल्याएर पहिलो स्थान ओगटेकोमा एमालेले ९ हजार २ सय ९४ मत ल्याएको हो। नेकपा एमालेका जिल्ला सचिव धनकृष्ण पाण्डे व्यक्तित्व हेरेर पनि मत बढेको हुन सक्ने बताए। पाण्डे भने चारवटा मतपत्र थिए। मतदाता अलमलिए होलान्। जसले गर्दा प्रत्यक्षमा कम मत आयो । समानुपातिकमा बढी आएको छ।  

प्रत्यक्षमा योगीलाई पनि पार्टीले अब्बल नै ठानेर छनोट गरेको बताए। पार्टीले अब्बल ठान्यो, जनताले पत्याएनन् त के गरौं उनले भने। प्रत्यक्षमा एमाले चौथो हुनुमा सिंजा क्षेत्रबाट ज्ञानबहादुरको उम्मेदवारीले पनि प्रभाव पारेको देखिन्छ। सिंजा क्षेत्रमा सिंजा, हिमा, कनकासुन्दरी र तिला गाउँपालिका पर्छन् ।सिंजाले ज्ञानबहादुर शाहीलाई प्रत्यक्षतर्फ मतदान गरेकोले एमालेको कम आएको ठहर छ। युवा अगुवा रामसिंह रावल समानुपातिक उम्मेदवारका आधारमा पनि मत परिणाम बढेको हुन सक्ने बताउँछन्।  

उनका अनुसार हरेक पार्टीभित्र राम्रा नराम्रा नेताहरु अवश्य हुन्छन्। जसका आधारमा मतदाताले पनि मूल्यांकन गरेर बसेका हुन्छन्। मतदाता अनुकुलको उम्मेदवार समानुपातिकभित्र परेपछि मत बढी गएको हुन सक्छ। तर नेकपा एमालेभित्र प्रत्यक्षभन्दा समानुपातिक मत धेरै ठूलो अन्तरमा देखिएपछि तीब्र असन्तुष्टि देखिन्छ। नेकपा एमाले चन्दननाथ नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायाले सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेको सबै संरचना पुनर्गठन हुनुपर्ने भनाइ राखेका छन्।  

समानुपातिकमा कांग्रेसबाट कान्तिका सेजुवाल, नेकपा एमालेबाट मेनका पछाईं र नेकपा माओवादी केन्द्रबाट छिरिङ लामा बन्दसूचीमा परेका छन्। एमालेमा तीब्र अन्तर्घात छ। जहॉ एमालेको गढ मानिन्छ त्यही मत कम देखन्छ।जुम्ला क्षेत्रमा एमाले अघि हुन्छ भन्यो त्यही स्थानमै तेस्रोमा देखिन्छ। यो अन्तर्घात नभएर के हुन सक्छ। निर्वाचनको समीक्षाका लागि एमालेले मंसिर १२ गते समीक्षा बैठक तोकेको छ।

प्रकाशित: ९ मंसिर २०७९ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App