१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पर्वतमा गठबन्धन शून्य

क्याप्शन

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा पर्वत जिल्लामा नेपाली काँग्रेस बढारिएको  छ। नेकपा एमालेले प्रतिनिधि र प्रदेश सभा क्लिन स्वीप गर्दा काँग्रेस भने सिट विहीनमा खुम्चिएको छ।  

प्रतिनिधि सभामा पर्वतबाट पदम गिरीले दोस्रो पटक निर्वाचित भए। उनी पाँचवर्ष अघि २०७४ सालको निर्वाचनमा समेत निर्वाचित हुदैं प्रतिनिधि सभाको संसद बनेका थिए। पाँचवर्षअघिकै इतिहास दोहोर्याउने क्रममा एमालेका गिरीले नेपाली काँग्रेसका उम्मेदवार अर्जुन जोशीलाई २ हजार दुईसय ६३ मतान्तरले पराजित गर्दै निर्वाचित भए। बिहीबार विहान सार्वजनिक भएको मत परिणाम गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गरे। जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गरेका थिए।  

पर्वतकै प्रदेश सभा सदस्यमा पनि एमालेकै दुई उम्मेदवारले जित हासिल गर्दा नेपाली काँग्रेस भने शून्यमै रह्यो। पर्वतको प्रदेश क्षेत्र १ मा एमालेका मित्रलाल बस्यालले १३ हजार ४ सय ४८ मत ल्याउँदै चुनिएका छन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका ऋषिकेश तिवारीले ११ हजार ८ सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ। 

 प्रदेश क्षेत्र २ मा एमालेका भक्तबहादुर कुँवरले १५ हजार ५ सय ३४ मत ल्याउँदै एमालेको तर्फका निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका सुदिप कुँवर १३ हजार ४ सय ६० मत पाउँदै हार स्वीकारे । पर्वतमा प्रतिनिधि सभामा १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए।  

प्रकाशित: ८ मंसिर २०७९ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App