१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रौतहट १ मा माधवकुमार नेपाल करिब ४ हजारले अगाडि

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले निरन्तर अग्रता लिएका छन्। सोमबार साँझदेखि भएको मतगणनाको समयदेखि नै अग्रता लिएका नेपालले विहीवार बिहान अग्रतालाई झन् फराकिलो बनाएका छन्।

नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले भन्दा नेपालले अहिलेसम्म करिब चार हजार मत बढी पाएका छन्। निकै कडा टक्कर हुने पूर्वानुमान गरिएको भए पनि नेता नेपाललाई भने गुप्ताले चुनौती दिन सकेको देखिएको छैन।

बिहीबार बिहानसम्म पूर्व प्रधानमन्त्री नेपालले १७४६५ मत पाएका छन् भने गौर नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका एमालेका गुप्ताले १३२३९ मत पाएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App