२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चितवन १ मा रास्वपाका हरिको अग्रता कायमै, तेस्रोमा झरे विश्व

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।  

उनले नेकपा एमालेका १ हजार १ हजार ३७४ मतले पछि पारेका हुन्। केही समय अघि पाण्डेले आफुलाई कम्ब्याक गरि मतान्तर ३ सयसम्म बनाउन सकेका थिए। तर, फेरि ढकालले आफ्नो मतान्तर बढाउँदै लगेका हुन्।  

दिउँसो २ बजेसम्म कांग्रेसका विश्व पौडेल र ढकाल बिचको प्रतिस्प्रधा थियो। खैरहनी माविमा जारी मतगणनामा ढकालले ८ हजार ७०३ मत प्राप्त गरेका छन्। उनलाई  पछ्याएका एमालेका पाण्डेले ७ हजार ३२९ मत ल्याएका छन्। सत्ता  गठबन्धनका तर्फका नेपाली कांग्रेसका उम्मेदवार डा।विश्व पौडेलले ६ हजार ७८९ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App