३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा योगेशलाई पछि पार्दै क्षेत्री लागे अघि

ताप्लेजुङमा एमालेका योगेशकुमार भट्टराईको अग्रता तोडिएको छ।  

सुरुवातमा अग्रता लिएका उनले फक्ताङलुङ ६ लेलेप र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ४ डुम्रिसेको मतगणना सकिदा अग्रता गुमाउँदा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले अग्रता लिएका छन्।  

भट्टराईको ५ सय ६२ र बुढाक्षेत्रीको ७ सय ५५ मत पुगेको छ। अहिले गनिएका दुबै वडा गठबन्धनको निकै बलियो प्रभाव रहेको क्षेत्रको रहेको दलहरुले आङ्कलन गर्ने गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App